दोहोरो अंकले बढ्यो नेप्से, धेरै गुमाउने रुरु हाइड्रोपावरका लगानीकर्ता

काठमाडौं, १९ पुस । शेयर बजार दोहोरो अंकको बढेको छ ।

साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) ३२.०३ अंकले बढेर २६१६.९४ विन्दुमा पुगेको हो ।

आइतबार ६०‍.४१ अंकले बढेर २५८४.९१ बिन्दुमा पुगेको परिसूचक सोमबार ३२.०३ अंकले बढेर दुई दिनमा बजारमा ९२.४४ अंकको सुधार देखिएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३० कम्पनीको ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँ बराबरको ८२ लाख ५ हजार ५२ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये १२ वटामा बढेको छ भने १ वटा राताम्मे भएको छ । दोहोरो अंकले बढेको बजारमा बैंकिङ २५ , होटल तथा पर्यटन ७३, निर्जीवन बीमा ६१ माइक्रोफाइनान्स १४५, जलविद्युत १० अंकले बढेको छ । व्यापार समूह सबैभन्दा धेरै ७.०४ प्रतिशतले बढेको छ ।

विकास बैंक ७३, फाइनान्स ४२ ,अन्य उपसमूह ३ अंकले बढेको छ । नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा भोटेकोशी जलविद्युत कम्पनी रहेको छ । यो कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेका छ । गुराँस लघुवित्त कम्पनीको शेयर ९.४५ प्रतिशतले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा रुरु हाइड्रोपावरका लगानीकर्ता सार्वाधिक गुमाएका छन् । रुरुको शेयर मूल्य २.५९ प्रतिशतले घटेको छ । त्यस्तै नेपाल बंगलादेश बैंक, तेह्रथुम पावर कम्पनी, कालिका पावर कम्पनी २ प्रतिशत भन्दा धेरैले घटेको छ ।

नबिल बैंकसँग मर्जरको चर्चाका कारण केही दिन अघिदेखि शेयर मूल्य बढिरहेको नेपाल बंगलादेश बैंक सोमबार सबैभन्दा धेरै घट्नेको दोस्रो नम्बरमा देखिएको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्टिलीटर लिमिटेडको भएको छ । यस कम्पनीको आज २८ करोड ४४ लाख भन्दा बढीको कारोबार भएको छ ।

अपी पावर १८ करोड र शिवम् सिमेन्ट १६ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here