दोहोरो लगानी भएका लघुवित्तलाई मर्जरको कार्ययोजना पेश गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, १९ पुस । नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ (दोहोरो लगानी) भएका लघुवित्तले असार मसान्तसम्ममा कार्ययोजना पेश गर्न निर्देशन दिएको छ ।

सोमवार एक निर्देशन जारी गर्दै दोहोरो लगानी भएका लघुवित्त वित्तीय संस्थाहरुलाई २०७९ असार मसान्तसम्ममा एक आपसमा गाभ्न/गाभिन वा प्राप्तिमा जानको लागि कार्ययोजना पेश गर्न निर्देशन दिएको हो ।

निर्देशनमा भनिएको छ ‘ इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गको एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेका संस्थाहरु वीच एक आपसमा र/वा इजाजतपत्र प्राप्त एक भन्दा बढी ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा वढी शेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न/गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्त भित्र यस बैंक समक्ष कार्ययोजना पेश गर्नु पर्नेछ ।’

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरमा जान वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (क्रस होल्डिङ) भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवस्था गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here