पश्चिमी वायुको प्रभाव :वर्षा र हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु र कुहिरो

काठमाडौं, २० पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरैजसो भूभागहरूमा हुस्सु-कुहिरो लागेको छ ।

पश्चिमी वायुको सामान्य प्रभावले हाल देशका पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सुरकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस २० गते (मंगलबार)

दिउँसो : सुदूर पश्चिम प्रदेश , कर्णाली प्रदेश र प्रदेश १मा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली रहने छ।

राती : सुदुर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली रहने छ। सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

पुस २१ गते (बुधबार)

दिउँसो : सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली रहने छ। सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश १ मा आँशिक बदली रही बाँकि प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही रहने छ। सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।

पुस २२ गते (बिहीबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : : देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन उक्त क्षेत्रका सबैमा अनुरोध छ।

बिहानको समयमा उपत्यका लगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

साथै आगामी दिनहरूमा मौसममा हुने परिवर्तन बारे जानकारी लिई मौसम पूर्वानुमान सम्बन्धि सूचनामा अध्यावधिक रहनुहुन समेत अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here