यसरी तिर्नुहोस् इसेवाबाट प्रेस पासको राजस्व

काठमाडौं, २० पुस । सूचना तथा प्रसारण विभागले इसेवाबाटै प्रेस पासको अनलाइन भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । विभागले पुस १९ गतेदेखि इसेवाबाट प्रेस पासको राजस्व भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।

यसअघि कनेक्ट आईपिएसबाट मात्रै भुक्तानी गर्न मिल्ने सुविधा थियो । अब त्यसमा इसेवा पनि थप भएको विभागद्धारा जारी सूचनामा भनिएको छ ।

इसेवा भुक्तानी गर्नको लागि गभर्नेन्ट पेमेन्ट अप्सनमा गएर सूचना तथा प्रसारण विभागको आईकनमा क्लिक गरी राजस्व तिर्न सकिने छ ।

सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन सञ्चारमाध्यम दर्ता सेवा अनलाइनबाटै प्रदान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here