कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै,२४ घण्टामा ३९३ जना संक्रमित थपिए

काठमाडौं, २० पुस । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३९३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार ३२६ जना संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ गरी ३९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २९ हजार ६३२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १२ हजार ९३७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ९४ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here