लघुवित्त कम्पनीका लागि २२८ पृष्ठको एकीकृत निर्देशन, लाभांश वितरणमा कडाइ

काठमाडौं, २० पुस । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लागि २२८ पृष्ठको एकीकृत निर्देशन जारी गरेको छ ।

मंगलवार मौद्रिक नीतिमा गरिएका व्यवस्था लागू गर्नका लागि ‘एकीकृत निर्देशन, २०७८’ जारी गरेको हो ।

एकीकृत निर्देशन, २०७७ र सो पश्चात् २०७८ मंसिर ०७ सम्म जारी भएका परिपत्र÷निर्देशन समेतलाई समावेश गरी परिमार्जन गरेर एकीकृत निर्देशन, २०७८ जारी गरिएको बैंकले उल्लेख गरेको छ ।

जसमा लाभांश वितरणमा कडाइ गरेको छ । अब लघुवित्तहरुले आर्थिक वर्ष समाप्त भएको मितिदेखि वार्षिक साधारणसभाको स्वीकृति लिने मितिसम्मको अवधिमा शीघ्र सुधारात्मक कारबाही फुकुवा नभएको अवस्थामा दुबै प्रकारका लाभांश (नगद र सेयर बोनस) वितरण गर्न पाउने छैनन् ।

त्यस्तै वार्षिक कुल २० प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ । यसले गर्दा लघुवित्तलाई धेरै लाभांश वितरणका लागि अवरोध हुने छ । यद्यपी जगेडा कोष मजबुत बनाउन यसले मद्दत पुग्नेछ ।

एकिकृत निर्देशन हेर्न यहाँ क्लिक गर्नु होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here