लक्षित समूहलाई दिने कोरोना खोपको ‘बुस्टर डोज’ अभियान स्थगित

काठमाडौं, २० पुस । सरकारले रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई दिने कोरोना विरुद्धको खोपको अतिरिक्त मात्रा दिने अभियान स्थगित गरेको छ ।

प्रवक्ता संगीता कौशल मिश्राले विज्ञप्ति जारी कोभिड–१९ विरुद्धको ‘अतिरिक्त मात्रा’ खोप दिने कार्य स्थगित भएको जनाएकी छिन् ।

थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै विभिन्न पाँच प्रकारका बिरामी र ६० वर्षभन्दा माथिल्लो उमेरका नागरिकलाई‘अतिरिक्त मात्रा’ दिने निर्णय गरेको थियो ।

लक्षित समूहमा मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी र उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि प्रयोग गरिरहेका बिरामीहरुलाई राखिएको थिए ।

सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने भनी सोमबार सूचना जारी गरेको थियो । तर त्यसै सूचनाअनुसार खोप केन्द्रमा पुगेका जेष्ठ नागरिक र दीर्घरोगीले खोप पाएका थिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here