नेपाल एसबीआई बैंकको २८ औं वार्षिक साधारणसभा सम्पन्न, संचालकमा उप्रेती निर्विरोध

काठमाडौं, २० पुस । नेपाल एसबीआई बैंकको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका सेयरधनीहरुको २८औं वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा आयोजना भएको हो ।

सभाले बैंकको आ.व. २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ भने सेयरधनीहरुलाई चुक्ता पुँजीको ५.३१ प्रतिशतका दरले लाभांश (३.५०% बोनस सेयर र १.८१% नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उक्त साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.’ को आ.व. २०७७/७८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

सभाले आ.व. २०७८/७९ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोसियट्स्, चार्टर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here