देशका धेरै ठाउँको मौसम बद्ली: हिउँदे वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं, २१ पुस । पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका धेरै ठाउँमा आज मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागले आजदेखि हिउँदे वर्षासँगै हिमपातको सम्भावना रहेको जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि शनिबारसम्म देशका विभिन्न भागमा वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलिदेखि पश्चिमी न्यूनचापीय प्रणाली देशभर फैलिने भएको छ।

विभागको अनुसार यसपालि पश्चिमी न्यून चापीय प्रणाली अघिल्लो पटकको जस्तो शक्तिशाली छैन । त्यसैले गएको हप्ताको जस्तो पानी पर्ने सम्भावना छैन ।

हिउँदे वर्षाका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात तथा दैनिक जनजीवनमा बढी असर पर्ने महाशाखाले जनाएको छ। चार दिन सचेत रहन र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस २१ गते (बुधबार)

दिउँसो :देशभर सामान्य बदली रहने छ ।

सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र

ति प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रहने छ ।सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र

ति प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

पुस २२ गते (बिहीबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : : देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

पुस २३ गते (शुक्रबार)

दिउँसो : प्रदेश १ र प्रदेश २ मा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने छ । प्रदेश १ र २ का एक-दुई स्थानमा

र बाँकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश १ र प्रदेश २ मा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने छ । प्रदेश १ र २ का एक-दुई स्थानमा र

बाँकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र

ति प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन उक्त क्षेत्रका सबैमा अनुरोध छ।

साथै आगामी दिनहरूमा मौसममा हुने परिवर्तन बारे जानकारी लिई मौसम पूर्वानुमान सम्बन्धि सूचनामा अध्यावधिक रहनुहुन समेत अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here