छ्याङ्दी हाइड्रोपावरसहित ५ कम्पनीको सेयर मूल्य समायोजन, कुनको मूल्य कति ?

काठमाडौं, २१ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा छ्याङ्दी हाइड्रोपावरसहित ५ कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीहरूले बोनस सेयर वितरणको प्रस्ताव गरेसँगै अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो ।

मूल्य समायोजन भएका कम्पनीहरुमा कालिक लघुवित्त, जनउत्थान लघुवित्त, मल्टीपर्पस फाइनान्स, छ्याङ्दी हाइड्रोपावर र पोखरा फाइनान्स रहेका छन् ।

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको ३० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ९६ रूपैयाँ १५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४ सय ८५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

पोखरा फाइनान्स कम्पनी लिमिटेडको ८.०७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ४० रूपैयाँ ४३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको १३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय १६ रूपैयाँ ८१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४ सय ७१ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ हजार २ सय ८३ रूपैयाँ २० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ हजार ९ सय ७९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ६३ रूपैयाँ ७२ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार ३ सय १५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here