सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २१ पुस । सुनको मूल्य वृद्धि भएको छ । बुधवार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएकोमा बुधबार ६०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज प्रतितोला १० रुपैयाँले वृद्धि भई १ हजार २६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here