चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टले बेच्यो ३ अर्ब डलरको शेयर

काठमाडौं, २१ पुस । चिनियाँ प्रविधि कम्पनी टेनसेन्टले ३ अर्ब अमेरिकी डलरबराबरको शेयर बिक्री गरेको छ।

चीनले पछिल्लो समय प्रविधि कम्पनीमाथि बढाएको नियमन तथा ई–कमर्स कम्पनीसँगको चिसिँदो सम्बन्धको कारण टेनसेन्ट उक्त शेयर विक्री गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

रोयटर्सको अनुसार सिंगापुरको ई–कमर्स कम्पनी सि लिमिटेडलाई टेनसेन्टले प्रतिकित्ता २०८ डलरको दरले १ करोड ४५ लाख कित्ता शेयर बिक्री गरेको हो।

आफ्नो शेयर बिक्री गरेसँगै सि कम्पनीमा टेनसेन्टको हिस्सेदारी २१.३ बाट १८.७ प्रतिशतमा झरेको छ। मंगलबार भएको यो कारोबारको विषयमा टेनसेन्टले भने कुनै प्रतिक्रिया दिएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here