१५ अंकले बढ्यो नेप्से, सबैभन्दा बढी कस्ले कमाए ?

काठमाडौं, १८ असार । बुधवार नेप्से परिसूचक १५.६२ अंकले बढेर १ हजार २ सय ६८.६८ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.२५ प्रतिशत बढी हो ।

कारोबारमा आएका सबै उपसमूहको सूचक बढेको कारण सम्पुर्ण नेप्से परिसूचक नै बढेको हो ।

बुधबार जीवन बीमा उपसमुहको सूचक सबैभन्दा बढी ९४.९३ अंकले बढेको छ । त्यस्तै, र्निजीवन बिमा उपसमुहको ९३.४१ अंकले बढेकाे छ भने लघुवित्त उपसमुहको २०.०२ अंकले बढेको छ ।

बुधवार ७ हजार ५ सय १९ कारोबारबाट १ सय ७४ कम्पनीका २० लाख ६४ हजार ९ सय १३ कित्ता शेयर किनबेच भए ।

उक्त किनबेचबाट ५५ करोड २ लाख ४७ हजार रुपैयाँको कारोबार भयो ।

सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडकाे ४ कराेड ५३ लाख बराबरकाे सेयर किनबेच भयाे भने दाेस्राेमा सेन्चुरी कमर्शियल बैंककाे ३ कराेड ४० लाख बराबरकाे सेयर किनबेच भए ।

बुधबार सुर्योदय लघुवित्त वित्तीय संस्थाको शेयरधनीले सबैभन्दा धेरै कमाए । सुर्योदयको शेयर मूल्य ८.१० प्रतिशतले बढ्याे ।

स्वाभिमान लघुवित्त वितीय संस्थाको शेयर मूल्य ६.७६ प्रतिशले बढ्याे भने गणपति लघुवित्त वितीय संस्थाको शेयर ५.९९ प्रतिशतले बढ्याे ।

त्यस्तै बुधबार रिलायन्स फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै गुमाए । रिलायन्सकाे सेयर ६.०६ प्रतिशतले घट्याे । यसैगरी ङादि ग्रुप पावरकाे सेयर पनि ५.९१ प्रतिशतले घट्याे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here