इण्डियन आइडल विजेता पवनदीप नेपाल आउँदै, ठमेल सांगीतिक माहोलले तताउने

काठमाडौं । इण्डियन आइडल पवनदीप राजन नेपाल आउने भएका छन् । आगामी १ माघमा ठमेलको ‘एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् ।

पवनदीपले क्लबका पारखीलाई गीत गाएर चिसिएको काठमाडौँलाई नचाएर तताउने भएका छन्। नयाँ वर्षको सुरुवातीमा विदेशी कलाकार ल्याएर पवनका फ्यानलाई नचाएर मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएका छन् ।

पनवदीप १२ औं संस्करणको इण्डियन आइडल विजेता हुन् । आयोजकका अनुसार कोभिडले थलिएको ठमेललाई सांगीतिक माहोलले तताउन आफूहरूले पवनदीपलाई नेपाल ल्याइन लागिएको हो ।

कोभिड संक्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौतीपूर्ण रहेको भन्दै उनले जनस्वास्थ्यको मापदण्ड अपनाएर सांगितिक कार्यक्रम आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here