पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७८ जना संक्रमित थपिए

काठमाडौं, २३ पुस । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार काठमाडौंमा २८४, भक्तपुरमा ३२ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ६८० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here