पछिल्लो २४ घण्टामा ९४४ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २४ पुस । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ६९६ जना र ३ हजार ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा २४८ गरी ९४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३१ हजार ७४८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २९७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १४ हजार ६ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार १४० रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here