उच्च अंकले बढ्यो नेप्से, मध्य भोटेकोशीको शेयरमूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २५ पुस । साताको कारोबारको पहिलोदिन कारोबारको पहिलो घण्टामा शेयर बजार मापक सूचक (नेप्से) उच्च अंकले बढेको छ ।

आइतवार ११:४५ मिनेटसम्ममा नेप्से ५२.६१ अंकले बढेर २७४५.८ विन्दुमा पुगेको हो । मध्य भोटेकोशीको शेयरमूल्यमा लगातार पोजेटिभ सर्किट लाग्दै आएको छ ।

कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य २३.५०ले बढेसंगै प्रतिकित्ताको मूल्य २५९.१० रुपैयाँ कायम भएको छ ।

११ बजेर ४५ मिनेटसम्मा मार्केट डेपमा कम्पनीको ३ लाख ५१ हजार ४९० कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here