सार्वजनिक स्थान प्रवेशको लागि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य

काठमाडौं, २५ पुस । कोरोनाविरुद्धको खोप नलगाएका नागरिकलाई माघ ३ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा रोक लगाइने भएको छ ।

देशभर कोरोना संक्रमण बढ्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले खोप कार्ड नहुनेलाई सार्वजनिक सेवा प्रदान नगर्न सिफारिस गर्ने निर्णय गरेको हो। त्यस्तै आन्तरिक उडानमा खोप कार्ड अनिवार्य गरेको छ ।

यस्तै कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, पार्क आदिमा प्रवेश गर्दा पनि अनिवार्य कार्ड हुनुपर्ने व्यवस्था गरिएको छ ।

उक्त निर्णय मन्त्रिपरिषदमा पेस हुनेछ। मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्णय कार्यान्वयनमा आउने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here