मेस्सीसहित केही महत्वपूर्ण खेलाडीबिनाको पीएसजी हारबाट जोगियो

काठमाडौं, २६ पुस । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) हारबाट जोगिएको छ । राती भएको खेलमा लियोन र पीएसजीले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन्।

लियोनल मेसीसँग केही महत्वपूर्ण खेलाडीबिना खेलेको पीएसजीले एक अंक लिनका लागि संघर्ष गरेको थियो । खेलको सातौं मिनेटमा टोलेन्टिनो कोएल्हो डी लिमाले गोल गर्दै लियोनलाई सुरूआती अग्रता दिलाएका थिए।

तर घरेलु टोलीले अन्तिम १४ मिनेट अग्रता जोगाउन सकेन। पीएसजीका सप्टिच्युट खेलाडी केहरेरले गोल गर्दै पिएसजीलाई हारबाट जोगाए।

गत बिहीबार कोभिड–१९ परीक्षणको नतिजा नेगेटिभ आएपछि मेसीले व्यक्तिगत रूपमा प्रशिक्षण सुरु गरेका थिए ।

तर, लियोनविरुद्धको खेलमा भने मेसी टिममा थिएनन् । मेसीबाहेक कोभिड–१९ संक्रमणका कारण विंगर एन्जेल डी मारिया, मिडफिल्डर युलियन ड्राक्सलर, रक्षक ड्यानिलो परेइरा, लेभिन कुर्जवा र गोलकिपर जियानलुइगी डोनारुमा पनि लियोनविरुद्धको खेलमा उपलब्ध थिएनन् ।

कुर्कुच्चाको चोटका कारण नेइमार पनि कम्तिमा अबको तीन महिना मैदान बाहिर हुनेछन् ।

बराबरी खेले पनि पीएसजीले शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको छ । पीएसजीले २० खेलबाट ४७ अंक जोडेको छ भने दोस्रो स्थानको निसले समान खेलबाट ३६ अंक जोडेको छ । लियोन भने १९ खेलबाट २५ अंक जोड्दै ११औं स्थानमा छ । लिगमा लियोनको यो लगातार चौथो बराबरी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here