न्यून चापीय प्रणालीको प्रभाव: केही प्रदेशमा वर्षा र हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं, २६ पुस । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको कारण यतिबेला सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम बदली भएको छ।

यी दुई प्रदेशका जिल्लामा अहिले पनि छिटपुट वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १‚ प्रदेश २‚ बागमती‚ कर्णाली र सुदूरपश्चिमको मौसम सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार केही प्रदेशमा वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस २६ गते (सोमबार)

दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

पुस २७ गते (मंगलबार)

दिउँसो : देशभर आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक बदली रहने छ।

पुस २७ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १ मा आन्शिक देखि सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ। प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक बदली रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here