प्रिमियर इन्स्योरेन्सको शेयर ३९५ रुपैयाँमा किन्ने अवसर

काठमाडौं, २६ पुस । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको शेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको छ ।

सोमबारबाट कम्पनीले ५ लाख ४२ हजार ९ सय ६५ कित्ता संस्थापक शेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

शेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । जसको आइतबारको बजार मूल्य ६२५ रुपैयाँ रहेको छ ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले माघ ७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले उक्त शेयरमा न्यूनतम ५ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन् ।

संस्थाको शेयर बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटल लिमिटेडले गरेको छ ।

लगानीकर्ताले एनआइसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here