पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना पुष्टी

काठमाडौं, २६ पुस । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ गरी १४४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३३ हजार ९४६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १४ हजार ४८५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ८५५ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here