कोरोनाको जोखिममा उपत्यका, एकैदिन थपिए ८७६ जना संक्रमित

काठमाडौं, २६ पुस । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७६ जना कोभिड संक्रमित थपिएका छन् ।

सोमवार काठमाडौंमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार १८८ पुगेको छ ।

हाल नेपालमा रहेका सक्रिय संक्रमित मध्ये ५१ प्रतिशत बढी राजधानी उपत्यकामा मात्र रहेका छन्।

हाल नेपालमा ७ हजार ८५५ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ४ हजार १८८ जना सक्रिय संक्रमित उपत्यकामा मात्र छन्। पछिल्लो साता देशभर कोभिड १९ संक्रमण दर तिब्र गतिमा वृद्धि हुँदै गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here