पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २७ पुस । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि देशका केही भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै‚ प्रदेश १‚ बागमती‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस २७ गते (मंगलबार)

दिउँसो : देशभर आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक बदली रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

पुस २८ गते (बुधबार)

दिउँसो : प्रदेश नं १ , प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा मा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ।

प्रदेश नं १ , प्रदेश नं २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना साथै प्रदेश नं १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश नं १ र बाग्मती प्रदेशका पहाडी भू-भागहरुमा सामान्य बदली तथा अन्य सबै भु-भागहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना साथै सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पुस २९ गते (बिहीबार)

दिउँसो : देशभर आंशिक बदली रहने छ।

राती : देशभर आंशिक बदली रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश नं १ का एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश , बाग्मती प्रदेश तथा प्रदेश नं १का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here