नेशनल माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

काठमाडौं, २७ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेशनल माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन भएको छ ।

संस्थाकोको ४० प्रतिशत बोनस शेयरपछि नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ३ हजार ३ सय ६० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

नेप्सेले प्रतिकित्ता २ हजार ४ सय १४ रूपैयाँ २९ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष २७ गतेदेखि गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।

त्यसैले, पौष २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाको पौष ८ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ८ औँँ वार्षिक साधारण सभा माघ ६ गते, बिहीबार क्रिक रिसोर्ट, धादिङबेशीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here