एनएमबि बैंकको शेयर २२० रूपैयाँमा किन्ने अवसर !

काठमाडौं, २७ पुस । एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको शेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले एक लाख ४९ हजार ६ सय ९३ कित्ता संस्थापक समूहको शेयरहरू बिक्री खुल्ला गरेको जनाएको छ ।

उक्त सेयरको न्यूनतम मूल्य २ सय २० रूपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । जसको सोमवारको बजार मूल्य २४५ रुपैयाँ रहेको छ ।

संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here