मध्य भोटेकोशीको शेयरमूल्यमा पोजेटिभ सर्किट, खरिदमाग उच्च, विक्री शून्य

काठमाडौं, २७ पुस । मध्य भोटेकोशीको शेयरमूल्यमा लगातार पोजेटिभ सर्किट लाग्दै आएको छ ।

मंगलवार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य २८.५० ले बढेसंगै प्रतिकित्ताको मूल्य ३१३.५० रुपैयाँ कायम भएको छ ।

११ बजेर ४५ मिनेटसम्मा मार्केट डेपमा कम्पनीको ३ लाख ४२ हजार ९४२ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here