विवादमा तानिएपछि नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशकले दिए राजीनामा

काठमाडौं, २७ पुस । नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले पदबाट राजीनामा दिएका छन् ।

नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहलाई क्याफ्टेरिया बनाउन जग्गा भाडामा दिएको विषयमा विवाद उत्पन्न भएको थियो।

त्यसको छानबिनका लागि पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा समिति बनेको थियो।

छानबिन प्रतिवेदनमा बतास समूहलाई जग्गा भाडामा दिँदा कार्यकारी निर्देशक दाहालको कमजोरी भएको औल्याइएको थियो।

संग्रहालयभित्र अवैध संरचना निर्माण गर्नुमा दाहालको मुख्य कमजोरी देखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेल नेतृत्वको छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उनी अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा ‍नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएक थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here