पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना पुष्टी

काठमाडौं, २७ पुस । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर २४४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६८४ जनाको पीसीआर परीक्षण गर्दा १९८१ जना र २४ हजार ३८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४६३ गरी २४४४जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३५हजार ९२७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३१३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १४ हजार ७९८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ९ हजार ५२२ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here