काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन रोक, मास्क अनिवार्य

काठमाडौं, २७ पुस । उपत्यकाका सार्वजनिक ठाउँमा भेला हुन रोक लागेको छ ।

मंगलवार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ लागु हुनेगरी २५ जनाभन्दा बढी भेलामा रोक लगाउने निर्णय गरेको हो ।

जसमा घरबाट बाहिर निस्किँदा वा सार्वजनिक क्षेत्रमा हिँडडुल गर्दा मास्क अनिवार्य गरिएको छ ।

राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधिहरू सञ्चालन गर्दा पनि मापदण्डको पालना गर्न भनिएको छ।

सार्वजनिक ठाउँमा राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक कार्यक्रम नगर्न पनि भनिएको छ। आत्यावश्यक कार्यक्रमको हकमा प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन सकिने प्रशासनले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here