‘क्यान इन्फोटेक २०२२’ अनिश्चितकालका लागि स्थगित

काठमाडौं, २७ पुस । देशैभर कोरोना बढ्दै गएपछि क्यान इन्फोटेकको २७ औं संस्करण स्थगित भएको छ ।

महासंघका अनुसार इन्फोटेक मेलाका प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसँगको परामर्शमा अर्को निर्णय नभएसम्मका स्थगित गरिएको हो ।

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी गर्न माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भनिएको क्यान इन्फोटेक मेला कोभिड–१९ को तेश्रो लहरका कारण रोकिएको हो ।

देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएकोसंक्रमण, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० का पछिल्ला सिफारिस तथा निर्णयहरु, नेपाल सरकार गृह मन्त्रालय एवं काठमाडौं उपत्यका अन्तर्गतका जिल्ला प्रशासन कार्यालय लगायत कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेक २०२२ का प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसंगको परामर्शमा अर्को निर्णय नभएसम्मको लागि हाललाई स्थगित गरिएको विज्ञिप्तमा जनाइएको छ ।

२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज ९एससिटी० का साथै सुचना तथा संचार प्रविधि सम्बन्धि अन्य कम्पनि तथा संस्थाहरुको सहभागिता रहने गरी सम्पूर्ण तयारी पूरा भएको थियो ।

क्यान इन्फोटेक २०२२ को तयारीको क्रममा सहयोग पुरयाउनुहुने सबैमा हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्दै क्यान इन्फोटेक २०२२ स्थगितका कारण पर्न गएको असुविधा प्रति आयोजकले क्षमा मागेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here