‘ओमिक्रोन भेरियन्ट खतरनाक छैन, फ्लूका रुपमा नलिऔं’-डब्लुएचओ

काठमाडौं, २८ पुस । कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट अघिल्लो डेल्टा स्ट्रेनभन्दा हल्का रहेको बताइएको छ ।

धेरै विज्ञहरूले पनि ओमिक्रोन संक्रमितमा फ्लू जस्ता लक्षणहरू भएको दाबी गरिरहेका बेला डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) ले यसलाई महामारीको सट्टा फ्लुजस्तो रोग नलिन चेतावनी दिएको हो।

युरोपका लागि डब्लुएचओका वरिष्ठ आपतकालीन अधिकारी क्याथरिन स्मलवुडले मंगलबार पत्रकार सम्मेलनमा भनिन्, ‘हामी अझै ठूलो अनिश्चितताले घेरिएका छौं। भाइरस अझै तीव्र गतिमा विकसित भइरहेको छ। नयाँ चुनौतिहरु देखा परिरहेका छन् । हामी अझै यो महामारीलाई सीमित रोग घोषणा गर्ने स्थितिमा छैनौं।’

उनले ८० प्रतिशतभन्दा बढी बिरामीलाई आफू ओमिक्रोन संक्रमित भएको थाहासमेत नहुने दाबी गरेका छन् । उनले कुनै पनि मेडिकल संस्थानले बुस्टर डोजको सल्लाह नदिएकोसमेत बताएका छन् । उनले बुस्टर भन्दा सावधानी डोजको सल्लाह दिनुपर्ने बताएका छन् ।

कोभिड–१९ र फ्लुको लक्षणको गम्भीरता व्यक्तिको स्वास्थ्यका आधारमा तय हुने विज्ञहरू बताउँछन् । तर नाक बन्द हुने र झाडापखालाजस्ता समस्याहरू कोभिड-१९ मा कमै देखिने गर्छ।

दुवै संक्रमणमा नाकबाट पानी बग्ने, पखाला लाग्ने, घाँटी दुख्ने, मांसपेशी दुख्ने र नाक बन्द हुने समस्या देखिन्छ । यद्यपि धेरै अध्ययनहरूले यसलाई समर्थन गरेको छ। जबकि फ्लूमा यी लक्षणहरू धेरै तीव्र हुन्छन्।

त्यस्तै भारतको आईसीएमआरको नेसनल इन्स्टिच्यूट अफ इपिडिमियोलोजीको साइन्टिफिक एडभाइजरी कमिटीका अध्यक्ष डा. जयप्रकाश मुलियिलले ओमिक्रोन भेरियन्टलाई बुस्टर डोजले रोक्न नसक्ने बताए । उनले सबै संक्रमित हुने पनि बताएका छन् ।

डा. मुलियिलले ओमिक्रोन अब धेरै खतरनाक नभएकोसमेत बताएका छन् । उनले अस्पतालमा भर्ना हुनेको संख्या पनि कम रहेको बताउँदै यसलाई सजिलै नियन्त्रण गर्न सकिने बताएका छन् ।

उनले ८० प्रतिशतभन्दा बढी बिरामीलाई आफू ओमिक्रोन संक्रमित भएको थाहासमेत नहुने दाबी गरेका छन् । उनले कुनै पनि मेडिकल संस्थानले बुस्टर डोजको सल्लाह नदिएकोसमेत बताएका छन् । उनले बुस्टर भन्दा सावधानी डोजको सल्लाह दिनुपर्ने बताएका छन् ।

मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा कम खतरनाक भएको अधिकारीहरूले बताएका छन् । उनीहरूले यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन् ।

यहाँ गरिएको परीक्षणका आधारमा यस्तो अवस्था पाइएको मेक्सिकोको स्वास्थ्य विभागका उपप्रमुख ह्युगो लोपेजले जनाएका हुन् ।

मेक्सिकोमा पनि पछिल्ला केही हप्तामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट द्रुत गतिमा फैलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here