दोहोरो अंकले घट्यो नेप्स, चार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २८ पुस । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से ३०.५१ अंकले घटेर २८०३.६२ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२९ कम्पनीको ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँ बराबरको १ करोड, ६१ लाख ४७ हजार ३९० कित्ता शेयर किनबेच भएका छन् ।

मंगलवारको तुलनामा कारोबार रकममा सुधार आएको छ । त्यसदिन ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ रुपैयाँको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहमध्ये १० वटाको परिसूचक राताम्मे भएका छन् भने ३ वटा हरियो भएको छ । धेरै गुमाउने अन्य समूहका लगानीकर्ता रहेका छन् ।

लगानी समूह सबैभन्दा धेरै ३.१३ प्रतिशतले बढेको छ भने अन्य समूह ३.४४ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक, होटल, फाइनान्स र निर्जीवन बीमा समूहको परिसूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा कर्पोरेट विकास बैंक, नेपाल इन्फाइन्ट्रक्चर बैंक, नारायणी डेभलपमेन्ट बैंक र मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेका छन् ।

त्यस्तै, आज हिमालय उर्जा विकास कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

त्यसैगरी, युनियन हाइड्रोपावर ५.५३, जोशी हाइड्रोपावर ५.४९, छ्याङ्दी हाइड्रो, प्रुडेन्सियल इन्स्योरेन्स, तारागाउँ होटल, तेह्रथुम पावर, नेपाल हाइड्रो, मल्टिप्रपोज फाइनान्स, सिभिल लघुवित्त, ओरेन्टल होटल र सेन्टर फाइनान्सको शेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल बङ्गलादेश बैंकको भएको छ । यस कम्पनीको आज २८ करोड ६९ लाख भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here