बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा

काठमाडौं, २९ पुस । रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ।

बुधबार राति भएको रोमाञ्चक खेलको थप समयमा बार्सिलोनालाई हराउँदै रियलले फाइनलमा स्थान पक्का गरेको हो।

साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसन स्टेडियममा भएको पहिलो सेमिफाइनलमा रियलले ३-२ को रोमाञ्चक जित हात पारेको हो ।

रियलको जितमा भिनिसियस जुनियर, कप्तान करिम बेन्जिमा र फेडे भाल्भेर्डेले एकरएक गोल गरे ।

खेलको पहिलो हाफ १–१ मा सकिएको थियो।

दोस्रो हाफको ७२ औं करिम बेन्जेमाले गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाएका थिए। तर, ८३ औं मिनेटमा अन्सु फातीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि थपिएको ३० मिनेटको खेलको आठौं मिनेटमा रियलका फेडेरिको भाल्भेर्डेले गोल गर्दै खेललाई ३–२ मा ल्याएका थिए।

खेलमा थप गोल हुन सकेन र रियल विजयी भयो। रियलले उपाधिका लागि १७ जनवरीमा एटलेटिको मड्रिड र एथलेटिको बिल्वाओबीचको विजेतासँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here