देशभर आंशिक बदली, सुदूरपश्चिम बाहेक सबै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, २९ पुस । हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम बाहेक सबै प्रदेशमा वर्षाको सम्भावना छन्। त्यस्तै, उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

हाल मौसमको अवस्था

हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ। देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको छ । प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस २९ गते (बिहिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ।

राती : देशभर आंशिक बदली रहने छ।

पुस ३० गते (शुक्रबार)

दिउँसो : प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहने छ।

राती : सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ १ गते (शनिबार)

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर आंशिक देखि सामान्य बदली हुने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here