काठमाडौं, २९ पुस । मध्य भोटेकोशीको शेयरमूल्यमा लगातार पोजेटिभ सर्किट लाग्दै आएको छ ।
साताको कारोबारको अन्तिमदिन विहीवार कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य ३४.४० ले बढेसंगै प्रतिकित्ताको मूल्य ३७९ २० रुपैयाँ कायम भएको छ ।
११ बजेर ५३ मिनेटसम्मा मार्केट डेपमा कम्पनीको २ लाख ६५ हजार ४७८ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।