धादिङमा सुख्खा पहिरोले डोजर पुरियो, तीनजना बेपत्ता

फाइल तस्विर

काठमाडौं, २९ पुस । धादिङको रुबीभ्याली गाउँपालिकामा सडक खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएका छन्।

रुबी भ्याली गाउँपालिका वडा नं १ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजर पुरिएको हो।

वडा नम्बर १ को पुरु पुरुमा पहिरो गएको प्रहरीले बताएको छ। घटनाबारे विस्तृत विवरण आउँन बाँकी रहेको गाउँपालिका अध्यक्ष चेरुङ तामाङले जानकारी दिए।

बेपत्ता हुनेमा डोजर चालक, सहचालक र सडक समितिका एक जना रहेको तामाङले बताए। घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकीबाट चार घण्टाको पैदल दूरीमा पर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here