नुवाकोटको तारुकामा हुने गोरू जुधाई मेला स्थगित

नुवाकोट, २९ पुस । प्रत्येक वर्ष माघे संक्रान्तिकादिन आयोजना हुने नुवाकोटको चर्चित गोरु जुधाई मेला स्थगित भएको छ ।

कोभिड-१९ को संक्रमण तीव्र गतिमा फैलिरहेको भन्दै गोरु जुधाई मेला स्थगित गरिएको हो।

तारकेश्वस्थित माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले सूचना जारी गरी २५ जनाभन्दा बढी भौतिकरूपमा उपस्थित हुन नमिल्ने भएकाले मेला स्थगित गरिएको जनाएका छन् ।

श्रेष्ठले जारी गरेको सूचनामा भनिएको छ-‘यस ऐतिहासिक पर्व गोरु जुधाइ स्थगित हुँदा पर्न गएको क्षतिप्रति कृषक महानुभाव तथा दर्शक दीर्घामा क्षमा चाहन्छौं।’

धादिङसँग सीमा जोडिएको नुवाकोटको तारकेश्वरमा (तारुका) प्रत्येक वर्ष माघे संक्रान्तिका दिन भव्य रुपमा गोरु जुधाई मेला लाग्ने चलन छ ।