उच्च अंकले बढ्यो नेप्से, धेरै कमाउने जलविद्युत समूहका लगानीकर्ता

काठमाडौं, २९ पुस । । साताको कारोबारको अन्तिमदिन शेयर बजार उच्च अंकले बढेको छ ।

कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२४ कम्पनीको ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६७ रुपैयाँ बराबरको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर किनबेच भएका छन् ।

बुधवारको तुलनामा कारोबार रकममा भने घटेको छ । बुधवार ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँ कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहमध्ये १ वटाको परिसूचक राताम्मे भएको छ भने १२ वटा हरियो भएको छ । धेरै कमाउनेमा जलविद्युत समूहका लगानीकर्ता रहेका छन् ।

उच्च अंकले बढेको बजारमा बैंकिङ ९ , होटल तथा पर्यटन ३५, निर्जीवन बीमा २८८, माइक्रोफाइनान्स १७४, जलविद्युत १५८ अंकले बढेको छ ।

विकास बैंक १४७, फाइनान्स ९२, उत्पादन समूह १७४र लगानी समूह ३ अंकले बढेको छ । अन्य उपसमूह ३ अंकले घटेको छ ।

उच्च अंकले बढेको बजारमा मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ ।

माउन्टेन हाइड्रो नेपाल, कर्णाली डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

त्यस्तै, आज नबिल डिभेञ्चर २०८५ को शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

आज यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ ।

यस कम्पनीको आज ३४ करोड ३१ लाख भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, अपी पावरको २३ करोड र निफ्राको २२ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here