मञ्जुश्री फाइनान्सको साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं, २९ पुस । मञ्जुश्री फाइनान्स लिमिटेडले १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंस्थित नयाँबानेश्वर भवनमा मञ्जुश्रीको साधारण सभा सम्पन्न भएको हो ।

कम्पनीले कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनश शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको थियो । सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सभाले यस फाइनान्स कम्पनी र अन्य कुनै पनि उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभिने वा प्राप्ति गर्ने तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

यस्तै सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँबानेश्वर काठमाडौंमा रहि २२ ओटा शाखामार्फत नेपाल भरका प्रमुख शहर हरुमा सेवा पुर्याउँदै आएको छ ।

यस संस्थाको शाखा न्युरोड काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा, बिरगंञ्ज, मुर्गिया, योगिकुटी, मनीग्रम, भैरहवा, गैडाकोटमा रहेको छ । त्यस्तै भरतपुर, टाडी, पर्साबजार, इनरुवा, झुम्का तथा बिराटचोक शाखाबाट कारोबार गरि रहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो । साथै निकट भविष्यमा संचालनमा आउने शाखा कार्यालय चावहिल, गोगबु तथा कलंकी शाखाहरु हुन् ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १५ गते गरेको थियो । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउने भएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here