पछिल्लो २४ घण्टामा ३५५३ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं, २९ पुस । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३५५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४९८ जनाको पीसीआर परीक्षण गर्दा २९२२ जना र ४५८४ जनाको एन्टिजेन परीक्षण गर्दा ६३१ गरी ३५५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४१ हजार २९७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १५ हजार ३४७ पुगेको छ । संक्रिय संक्रमितको संख्या १४ हजार ३४० रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६१० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here