सेञ्चुरी बैंकको ११ औं साधारण सभा सम्पन्न, ६.०५% लाभाशं वितरणको प्रस्ताव पारित

काठमाडौं ३०, पुस । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभाले बैंकको चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको छ ।
अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लबमा शुक्रबार भएको सभाले उक्त प्रस्ताव पारित गरेको हो । सभा बैंकका काठमाडौंमा भौतिक उपस्थिति एवं अनलाइन (जुम) मार्फत समेत एकैसाथ संचालन भएको हो ।

साधारण सभाले २०७८ असार मसान्तमा कायम चुक्ता पुँजीमा रु. ९अर्व ३ करोड ४४ लाखमा ५.७५ प्रतिशतले हुन आउने रकम रु. करिब ५१ करोड ९४ लाख ७९हजार रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरेको जानकारी दिएको छ ।

त्यस्तै कर प्रयोजनको लागि चुक्ता पुँजीको ० दशमलव ३० प्रतिशतले हुन आउने रकम २ करोड ७३ लाख ४१ हजार रुपैयाँ बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३ दशमलव .४१ प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुने गरी शेयरधनीहरुको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।

बैंकले आधुनिक प्रविधिको माध्यमबाट मेचीदेखि पश्चिम महाकालीसम्म आफ्ना १ सय २६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखा रहित बैंकिङ्ग र १ सय ८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here