‘बेबी सार्क’ बन्यो युट्युवमा १० अर्ब पटक हेरिएको पहिलो भिडियो

काठमाडौं । बेबी सार्क गीतले युट्युवमा १० बिलियन (१० अर्ब )पटक हेरिएको भिडीयोको नयाँ रेकर्ड बनाएको छ । बेबी सार्कले एक बर्षअघि सबैभन्दा बढी पटक हेरिएको गीतको रेकर्ड बनाएको थियो ।

गायक लुइस फोन्सीको ल्याटिन पप स्म्यास डेस्पासिटोलाई पछी पार्दै १० अर्ब पटक बजाइएको गीतको रेकर्ड राखेको हो । डेस्पासिटो हालसम्म ७.७ बिलियन पटक बजाइएको छ ।

बेबी सार्कलाई सबैभन्दा बढी युटुवमा प्ले भएको भिडियोको शिर्ष स्थानमा पुग्न करिव चार बर्ष लागेको थियो । तर यो गीत धेरै पुरानो हो । कतिपयले १९७० मा अमेरिकी ग्रीष्म शिविरहरुमा यो गीत तथा भिडियो तयार पारिएको बताउछन् ।

यो बच्चाहरुको लागी तयार गरिएको गीत भएपनि युवा तथा वयस्क पुस्तालाई पनि यसले आकर्षित गरेको देखिन्छ ।

दक्षिण कोरियाली शैक्षिक मनोरञ्जन फर्म पिङ्कफङद्वारा निर्मित,बेबी सार्कमा कोरियाली(अमेरिकी गायिका होप सेगोइनको आवाज रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here