४ हजार ६ सय ३६ जनामा कोरोना, ४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १०, हजार ४ सय १२ पीसीआर परीक्षणमा ३ हजार ७ सय ३ र ४ हजार १ ४४ एन्टिजेन परीक्षणमा ९ सय ३३ जना गरी जम्मा ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । ३सय ५० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

हाल देशभर२१ हजार ५ सय८४ पुगेको छ कोरोनाको संक्रमित रहेकोमा २० हजार ५ सय ३६ जना होम आइसोलेसनमा छन् । त्यसैगरी १ हजार ४८ जना संस्थागत आइसोलेसन रहेको बताइएको छ । मन्त्रालयका अनुसार अस्पतालमा रहेकामध्ये ११९ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १५ सय ९१, ललितपुरमा ४ सय ८६, भक्तपुरमा १ सय ४२ जना गरी उपत्यकामा २ हजार२ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म ११ हजार ६ सय १७ जनाले ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here