इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द

काठमाडौं २, माघ । इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द भएको छ । हिमालयन बैंकको साधारणसभाले मर्जर प्रस्ताव अस्वीकृत गरेपछि इन्भेष्टमेन्ट बैंकले माघ ४ मा गर्ने भनिएको विशेष साधारणसभा रद्ध भएको हो ।

हिमालयन बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नकै लागि इन्भेष्टमेन्ट बैंकले आउँदो माघ ४ मा विशेष साधारणसभा डाकेको थियो ।

आकस्मिक रुपमा शनिवार बसेको इन्भेष्टमेन्ट सञ्चालक समितिको बैठकले विशेष साधारणसभा रद्द गर्ने निर्णय गरेको हो ।

यो सम्बन्धमा इन्भेष्टमेन्ट बैंकले सार्वजनिक रुपमै सूचना जारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here