विकास बैंकले १० पैसा र फाइनान्स कम्पनीले ३० पैसाले निक्षेपको ब्याज बढाए

काठमाडौं २, माघ । वाणिज्य बैंकले ब्याजदर नबढाएपनि विकास बैंक र फाइनान्स कम्पनीले माघ महिनाका लागि निक्षेपको ब्याजदर बढाएका छन ।

माघ महिनाका लागि प्रकाशित ब्याजदर अनुसार विकास बैंकहरुले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १०.३५ प्रतिशत ब्याजदर तोकेका छन् । यस्तै, एक वर्षे संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९.३५ प्रतिशत र साधारण निक्षेपमा ५.३५ प्रतिशत निक्षेपको ब्याजदर कायम भएको छ ।

यसैगरी, फाइनान्स कम्पनीले पनि माघ महिनाका लागि प्रकाशित गरेको एक वर्षे मुद्दती निक्षेपमा अधिकत १०.६५ प्रतिशत ब्याजदर तय गरेका छन् । गत पुसमा यस्तो ब्याजदर १०.३५ प्रतिशत थियो । अब माघ महिनाका लागि फाइनान्स कम्पनीहरुले एक वर्षे मुद्दती निक्षेपमा संस्थागत निक्षेपकर्तालाई ९.६५ प्रतिशत र साधारण निक्षेपमा ५.६५ प्रतिशत ब्याजदर कायम भएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो वर्षका संस्थाहरुको औसत ब्याजदरको अनुपातमा अधितम १० प्रतिशतले ब्याजदर बढाउन पाउँछन । तर, गत पुस यता बैंक तथा वित्तीय संस्थाले उच्च दरले निक्षेपको ब्याज बढाएका छैनन । कर्जाको ब्याजदर भने यही माघ देखि बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here