रात्रीकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय, विवाह, व्रतबन्धको लागि पूर्व स्वीकृती लिनुपर्ने

काठमाडौं, २ माघ । सरकारले माग १५ गते सम्मका लागि मनारञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबारको बैठकले गरेका मन्त्रिपरिषदका निर्णय आज सार्वजनिक गर्दै उक्त निर्णय गरेको बताएका हुन् ।

जसमा डिर्पाटमेन्ट स्टोर, सपिङमल लगायतका क्षेत्रमा एकपटकमा २५ जना मात्रै जान पाइने र दुई व्यक्तिविच दुई मिटर दुरी हुनुपर्ने, सामान छुन नपाइने, र जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने छ ।

तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको छ । भीडभाड हुने क्षेत्रको बारेमा सरकारले कोभिड प्रोटोकल जारी गरेको बताएका छन् । पछिल्लो समय नेपालमा दिनहुँ कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ ।

जसअनुसार माघ मसान्तसम्म सार्वजनिक स्थान, समारोह, सामाजिक कार्यहरूमा २५ जनाभन्दा बढी जम्मा हुन पाइने छैन ।

पार्टी प्यालेसमा कुल क्षमताको बढिमा ५० जना मात्रै उपस्थित हुन पाइने छ । यसैगरी विवाह, व्रतबन्ध, पास्नी लगायत समारोहमा सम्बन्धित जिल्ला अधिकारीबाट पूर्व स्वीकृती लिनुपर्ने भनिएको छ ।

त्यस्तै सिनेमा हल, डान्सबार, दोहोरी साँझ, नाचघर, जिम, स्विमङपुल लगायत रात्रीकालीन व्यवसाय माघ १५ गतेसम्म सञ्चालन नगर्न आदेशमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here