थप ४९६१ जनामा कोरोना पुष्टी, तीन जना संक्रमितको निधन

काठमाडौं, २ माघ । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ४९६१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । यही अवधिमा थप ३ जना काेराेना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ६२० पुगेकाे छ ।

थप ४३५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २५ हजार ६८० सक्रिय संक्रमित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here