काठमाडौँका १७ ठाउँबाट कोभिडविरुद्धको बुस्टर डोज

काठमाडौं, ३ माघ । काठमाडौंको १७ ठाउँमा आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिइँदैछ ।

आइतबारबाटै लगाउने भनिएको भए पनि काठमाडौँमा सोमबारबाट बुस्टर डोज लगाउन थालिने भएको हो ।

बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरूका लागि उपलब्ध हुने सरकारले जनाएको छ ।

बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ ।

काठमाडौंमा टेकु अस्पताल, प्रहरी अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, प्रसुती गृह थापाथलीलगायत स्थानमा बुस्टर डोज लगाउन सकिने जनाइएको छ ।

यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ। आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here