किसान लघुवित्तको लाभांश घोषणा

काठमाडौं, ३ माघ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here